बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ

बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ

काठमाडौं : बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेकामध्ये ३० जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी भागेका ३० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए। 

पक्राउ परेका उनिहरुलाई पुनः बाल सुधार गृह मै पठाइएको उनले बताए। गएराति झडप हुँदा एक जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए। 

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको डिएसपी डाँगीले जानकारी दिए। घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

झडपका क्रममा बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ।
 

असोज ५, २०८० शुक्रबार १२:०६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।