पत्रकारीता छोडिसकेका दलका कार्यकर्ता पनि प्रेस काउन्सिलको पुरस्कार पाउने सूचीमा

पत्रकारीता छोडिसकेका दलका कार्यकर्ता पनि प्रेस काउन्सिलको पुरस्कार पाउने सूचीमा

काठमाडौं :  प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिकोत्सवका अवसरमा बिहीबार विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ।

काउन्सिलले घोषणा गरेका अधिकांश पुरस्कारमा दलीय भागबन्डा मिलाएको पाइएको छ। 

विभिन्न विधामा घोषित पुरस्कारका लागि काउन्सिलले लामो समयदेखि पत्रकारीता क्षेत्र छोडेर सक्रिय राजनीतिमा आवद्ध दलका कार्यकर्तालाई पनि पुरुस्कृत र सम्मानित हुनेहरुको सूचीमा समावेश गरेको पाइएको हो। 

काउन्सिलले सम्मान गर्ने सूचीमा नेपाली काङ्ग्रेसको सञ्चार तथा प्रचार विभाग सदस्य मोतीलाल पौडेललाइ पनि समावेेश गरेकाे छ।

पौडेलले भने आफू मुलधारको पत्रकारीता छोडेर पार्टी राजनीतिमा सक्रिय रहेको भन्दै काउन्सिलले दिने उक्त सम्मान अस्विकार गरेका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘म विगत लामो समयदेखि मूलधारको पत्रकारीताबाट विटमार्दै पार्टी राजनीतिमा सक्रिय रहि हाल नेपाली काङ्ग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य रहेकोले प्रेस काउन्सिल नेपालले प्रदान गर्ने उक्त सम्मान नलिने जानकारी गर्दछु।’

असोज ५, २०८० शुक्रबार ११:४१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।