एमालेको बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडौंमा हुँदै

एमालेको बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडौंमा हुँदै

काठमाडौं : एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ। एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।

भृकुटीमण्डपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीद्वारा असोज ८ गते (सोमबार) उद्घाटन हुने अधिवेशनको बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भइसकेको छ।

पाण्डेले नेतृत्व चयन सर्वसम्मत रूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताए। यसअघि एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन भइसकेको छ।

असोज ५, २०८० शुक्रबार ११:२६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।