पूर्वसांसद भट्टको निधन

पूर्वसांसद भट्टको निधन

काठमाडौं : पूर्वसांसद खेमराज भट्ट ‘मायालु’ को निधन भएको छ। 

क्यान्सर पीडित उनको गएराति  काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाई छविलाल भट्टले बताए।

२०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उनि केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए। 

रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ सालमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो।

उनि त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए। 

असोज ५, २०८० शुक्रबार १०:२४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।