बाँकेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर

बाँकेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।

राठौरका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। 

घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। झडपका क्रममा बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ।

असोज ५, २०८० शुक्रबार ०८:४३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।