मलङ्गवामा कर्फ्यु जारी

मलङ्गवामा कर्फ्यु जारी

सर्लाही : सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) शुक्रबार पनि जारी रहेको छ। दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। 

मूर्ति विसर्जन जाने क्रममा मलङ्गवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १० बजेदेखि अर्को आदेश रहुन्जेलसम्म लागि कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरू कुनै प्रकारको गतिविधि गर्न नपाइने कर्फ्यु आदेशमा भनिएको छ।

असोज ५, २०८० शुक्रबार ०८:०२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।