आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको संभावना

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको संभावना

काठमाडौं : आज (शुक्रबार) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै मधेश र कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

राति भने कोशी, मधेश, बागमती र  गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

असोज ५, २०८० शुक्रबार ०७:१३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।