उकेरा टप फाइभ : शौचालय जाँदा ध्यान दिनुपर्ने विषयदेखि हत्यारा छुट्दा तरुण दलमा छाएको खुसीसम्म

उकेरा टप फाइभ : शौचालय जाँदा ध्यान दिनुपर्ने विषयदेखि हत्यारा छुट्दा तरुण दलमा छाएको खुसीसम्म

काठमाडौं : बुधबारबाट नेपाल शिक्षक महासंघले थालेको काठमाडौंकेन्द्रीत सडक आन्दोलनका कारण बिहीबार पनि काठमाडौं उपत्यकामा सवारी आवागमन प्रभावित भए।

माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको सडक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ठप्प नै भयो। मुख्य सडक नै ठप्प भएपछि सहायक सडकमा सवारीको चाप बढ्यो।

काठमाडौं महानगरले महानगरभित्रका विद्यालय बन्द गरे प्रधानान्यापक र शिक्षकलाई कारबाही गर्ने चेतावनीपछि शिक्षक र प्रधानाध्यापकहरूले सडकमै हाजिर गरे। पठनपाठन नभए पनि उनीहरूले हाजिरी भने गरेका हुन्।

सवारी अवागमन प्रभावित भएसँगै प्रतिनिधिसभाको अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका निर्धारित बैठक स्थगित भए। गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित भएको हो। दुवै समितिको बैठक बिहान ११ बजेका लागि तोकिएको थियो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहीबार बिहान आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीको लेख छाप्यो। जसमा शौचालय जाँदा विचार गर्नुपर्ने विषयहरू समेटिएको छ। मानिसहरूको शौचालयमा मृत्यु भएको घटनाहरू बढ्न थालेपछि त्यसको कारण, रोकथाम र सावधानीका उपाय एवं उपचारको विषय डा. ज्ञवालीले लेखमा समेटेका छन्।
पूरा समाचारः शौचालय जाँदा ध्यान पुर्याउनुस्, ज्यानै जोखिममा समेत पर्नसक्छ

बिहीबार दिउँसो नै उकेराले दैनिक हजारौंको सङ्ख्यामा उपचारका लागि आउने बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल नजिककालाई जागिर खुवाउने भर्ती केन्द्रको रुपमा स्थापित भएको समाचार लेख्यो। आफ्ना आसेपासे तथा निकटका नेताहरूलाई खुसी बनाउन अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले अवैध रुपमा ३ दर्जन बढी नियुक्ति गरेको समाचारमा उल्लेख छ।
पूरा समाचारः नजिककालाई जागिर खुवाउने थलो बन्दै लुम्बिनी अस्पताल, मेडिकल सुपरिटेन्डेन्टले नियमावली विपरीत ३९ जनालाई घुसाए

दिउँसै उकेराले २९ वर्षीय युवकलाई खुँडाले हानेर हत्या गर्ने रिगल भनिने योगराज ढकाललाई सरकारले संविधान दिवसको दिन बाँकी कैद माफी दियो। उनी कारागारमुक्त हुने भएपछि उनका समर्थकहरू दाङ कारागार बाहिर भेला भएका थिए। उनी रिहा भएपछि २० भन्दा बढी गाडिले स्कटिङ गरेर लगियो भने खुसीयालीमा अबिर जात्रा समेत गरिएको थियो।
पूरा समाचारः खुँडा हानेर मान्छे मार्ने गुण्डालाई सरकारको माफी, जेलमुक्त भएपछि तरुण दलको स्कटिङ र अबिर जात्रा

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भ हिजोका कुरा छाप्यो। जसमा स्रष्टा माधव केसीले आफ्नो पुराना अनुभव उकेरासँग साटे। कुराकानीमा उनले त्रिभुवन विश्वविद्याय बनाउँदा प्रतिरोपनी २५० रुपैयाँ मुआब्जा पाएको देखि साझा प्रकाशनमा पाँच रुपैयाँमा ज्यालादारीमा काम गरेको अनुभवसम्म बताए।
पूरा समाचारः श्रष्टा माधव केसीको हिजोका कुराः त्रिवि बनाउँदा अघोरी बाबाले बिन्ती बिसाएपछि राजाले रोपनीको ५० रुपैयाँ थपिदिए

साँझपख उकेराले कैलाश मानसरोवर यात्राको चौथो भाग प्रस्तुत गर्यो। जसमा स्तम्भकारले रसुवागढीमा छुटेका साथीहरू केरुङ आइपुगेको र त्यहाँ पुनः घुमघाम भएको विषय समेटे। साथै उनले त्यहाँको चुरोट र मदिराको रमाइलो किस्सासमेत यो भागमा समेटेका छन्।
पूरा समाचारः कैलाश मानसरोवर यात्रा-४: नक्सामा अर्काको देश भए पनि केरुङमा चल्न त नेपालीकै चल्छ है!

असोज ४, २०८० बिहीबार २२:२७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।