एनसेलद्वारा १८औं वार्षिकोत्सवको उपलक्ष्यमा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा १८औं वार्षिकोत्सवको उपलक्ष्यमा बागमती करिडोर सडकमा वृक्षारोपण

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरको वडा नं. १ मा रहेको बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ।

बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा २ सयभन्दा बढी वृक्षारोपण गरेका हुन्।

दिगो विकासका लक्ष्य, आजियाटा समुहको इएसजी फ्रेमवर्क तथा नेट जिरो कार्बन कमिटमेन्ट अन्तर्गत वातावरण संरक्षण र जलवायु परिवर्तन एनसेलको सामाजिक पहलको प्राथकितामा पर्दछ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि विगत दुई वर्षदेखि एनसेलसँग सहकार्य गर्दै आएको बताए।

एनसेलले वन तथा भूसंरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण र मर्मत सम्भार गर्ने कार्य गर्दै आइरहेको छ।

असोज ४, २०८० बिहीबार २१:३६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।