एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं : एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ।

कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएको छ।

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउनटरहरू, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन्।

यसको साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन्।

एनएमबि बुद्घ भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरूलाई शत प्रतिशत क्यासब्याक गर्नु यस कार्डको मुख्य विशेषता हो।

नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको कम्पनीले जनाएको छ।

असोज ४, २०८० बिहीबार २१:२५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।