कोका-कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ योजना
काठमाडौं : कोकाकोला नेपालले ‘चिल एन विन’को सफलतापछि ‘चिल एन विन २.०’ योजना पुनः लिएर आएको छ।
योजनाले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक लगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिनेछ। योजनाले ग्राहक वर्गमाझ अनेकौं पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको छ।
यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ।
यी कोडहरू ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइट र एसएमएस मार्फत पनि पठाउन सकिने कम्पनीले जनाएको छ। एसएमएसका लागि <COKE> <SPACE> <LABEL युनिक कोड> <SPACE> <FULL NAME> टाइप गरेर ३४००१ मा पठाउनुपर्नेछ भने www.sprite.com.np मार्फत पनि रजिष्ट्रर गर्न सकिन्छ।
यसको विकल्पमा ग्राहकहरूले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन्। प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिनेछ।
१ सेप्टेम्बर २०२३ मा सुरु भई ३१ अक्टोबरसम्म चल्ले योजनामा भाग लिएर धेरै भव्य र रोमाञ्चक पुरस्कारहरू जित्ने मौका पाउनेछन्।
असोज ४, २०८० बिहीबार २१:२०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।