साफ यू-१९ च्याम्पियनसिपको पहिलो खेलमै नेपाल पराजित
काठमाडौं : दुई पटकको च्याम्पियन नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको हो।
अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो।
पहिलो पटक यू-१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुवात गरेको छ।
पहिलो हाफमा केही दबाबमा खेलेको नेपालका लागि गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट प्रर्दशन गरेका थिए। तर, उनले दोस्रो हाफमा अली जफ्फरको बल रोक्न सकेनन्।
नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान र मालदिभ्स छन्। समूह चरणको दोस्रो खेलमा नेपालले सोमबार मालदिभ्ससँग खेल्नेछ।
बिहीबारै भएको समूह ‘ए’ को पहिलो खेलमा भारतले बंगलादेशलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ
असोज ४, २०८० बिहीबार १९:४४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।