दक्षिण अफ्रिकाका नोर्की र मगला विश्वकप टोलीबाट बाहिरिए
काठमाडौं : दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्खी र सिसान्डा मगला चोटका कारण २०२३ को विश्वकपबाट बाहिरिएका छन्।
उनको स्थानमा एन्डिले फेहलुकवायो र लिजार्ड विलियम्सलाई १५ सदस्यीय टोलीमा समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नोर्कीको ढाड दुखेपछि उनको परीक्षण गरिएको थियो। जसमा स्ट्रेच फ्र्याक्चर भएको देखिएको थियो।
तेस्रो एकदिवसीय खेल खेलेका मगला चार ओभरमा ४६ रन दिएपछि घुँडाको चोटका कारण खेलबाट बाहिरिएका थिए।
अष्ट्रेलियाविरुद्धको अन्तिम एकदिवसीय खेलमा फेहलुकवायोले १९ बलमा ३८ रन बनाएका थिए भने ४४ रनमा एक विकेट पनि लिएका थिए।
विलियम्सले भने अस्ट्रेलियाविरुद्ध तीन खेल खेलेर चार विकेट लिएका थिए।
दक्षिण अफ्रिकाको विश्वकप टोली सेप्टेम्बर २३ मा विश्वकपका लागि भारत जाँदैछ। उसले सेप्टेम्बर २९ र अक्टोबर २ मा अफगानिस्तान र न्युजिल्याण्डसँग अभ्यास खेल खेल्नेछ।
त्यसपछि अक्टोबर ७ मा श्रीलंकाविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ।
असोज ४, २०८० बिहीबार १६:५७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।