चोरीका ३२ थान मोबाइलसहित नेपालगञ्ज विमानस्थलबाट ४ भारतीय पक्राउ

चोरीका ३२ थान मोबाइलसहित नेपालगञ्ज विमानस्थलबाट ४ भारतीय पक्राउ

बाँके : बाँकेको नेपालगञ्ज विमानस्थलबाट चारीका ३२ थान मोबाइल सेटसहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको मध्य प्रदेशका घर भएका अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अमित रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

प्रहरीले चोरीको मोबाइल काठमाडैं  बेच्न लैजान तयारीमा रहेका उनिहरुलाइ विमानस्थलबाट पक्राउ गरिएको उनले बताए।  

पक्राउ परेका चारै जनालाई भन्सार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

असोज ४, २०८० बिहीबार १६:४०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।