४४ अङ्क बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार
काठमाडौं : शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ।
यसदिन शेयर बजार परिसूचक नेप्से ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ विन्दुमा पुगेर बन्द भएको छ।
आज जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ।
नेशनल हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रो, थ्री स्टार हाइड्रो, मन्दाकिनी हाइड्रो, न्यादी हाइड्रो र खानीखोला हाइड्रो तथा स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ।
बजार बढेको दिन आज सबैभन्दा धेरै एनआईबीएल ग्रोथ फन्ड र अभियान लघुवित्तको शेयर चार प्रतिशतले ओरालो लागेको छ।
बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ। एक करोड १२ लाख कित्ता शेयर तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँमा कारोबार भएका छन्।
असोज ४, २०८० बिहीबार १५:२३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।