भीआईपीलाई मापदण्ड विपरीत दिइएको सुविधा फिर्ता गर्न संसदीय समितिको निर्देशन

भीआईपीलाई मापदण्ड विपरीत दिइएको सुविधा फिर्ता गर्न संसदीय समितिको निर्देशन

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्छेहरु फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ। 

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले नियमअनुसार भीभीआइपी तथा भीआइपीहरुलाई प्राप्त हुने सुविधा बाहेकका मापदण्ड विपरीत दिइएका सुविधाहरु१५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएका ठाउँमा पठाउन सरकारलाई निर्देशन दिएको हो। 

बैठकले सरकारका मन्त्रीलगायत सम्पूर्ण पदाधिकारीहरुले नियमानुसारभन्दा बढी सवारीसाधनहरु प्रयोग गरेको भए फिर्ता गर्न मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। 

बैठकले बिदाका दिनमा पनि अत्यावश्यक सरकारी कार्यालय खुल्ला गर्ने सरकारको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिइएको सभापति खतिवडाले बताए। 

असोज ४, २०८० बिहीबार १५:१३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।