कांग्रेसको केन्द्रीय सदस्यमा आठ जना मनोनित

कांग्रेसको केन्द्रीय सदस्यमा आठ जना मनोनित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आठ जना मनोनित भएका छन्। 

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार आठ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन्।

केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित हुनेहरुमा गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन्।

देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन्।

भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए। जोशी, हुमागाईं यस अघि पनि केन्द्रीय सदस्य थिए। किरणराज शर्मा पौडेल यसअघि आमन्त्रित केन्द्रीय सदस्य थिए। 

असोज ४, २०८० बिहीबार १४:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।