काठमाडौंका विद्यालयमा नगर प्रहरीले थाल्यो अनुगमन, पठनपाठन नभएका विद्यालयलाई शिक्षा विभागले कारबाही गर्ने

काठमाडौंका विद्यालयमा नगर प्रहरीले थाल्यो अनुगमन, पठनपाठन नभएका विद्यालयलाई शिक्षा विभागले कारबाही गर्ने
फाईल फोटो

काठमाडौं : काठमाडौं महानगरपालिका भित्रका विद्यालयलयहरुमा नगर प्रहरीले अनुगमन थालेको छ। 

शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन गरेर महानगरलाई रिपोर्टिङ गरिने नगरप्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए। 

महानगर प्रमुख बालेन शाहको निर्देशनमा  नगर प्रहरीले नगरभित्रका ८९ वटा सामुदायिक विद्यालयमा पुगेर अनुगमन गर्ने छ। जसको लागि नगरप्रहरीका थुप्रै टोलीहरू परिचालन  गरिएको प्रहरी प्रमुख पाडेले बताए। 

‘हामीले डेढ दुई घन्टाभित्र सबै विद्यालयहरुको अनुगमन सकेर महानगरलाई रिपोर्टिङ गर्नेछौं।’ उनले भने।

पठनपाठन ठप्प पारेर शिक्षक आन्दोलनमा गएको भेटिएमा विद्यालयलाई महानगरको शिक्षा विभागले कारबाही गर्ने बताइएको छ। 

वुधबार महानगर प्रमुख शाहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएका थिए। 

प्रस्तावित शिक्षा विधेयकप्रति अशन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेकाे छ। 

असोज ४, २०८० बिहीबार १३:०८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।