एसियाली खेलकुदअघि ललित राजवंशी घाइते, शल्यक्रिया गरिंदै
काठमाडौं : एसियाली खेलकुदको तयारीमा रहेका नेपाली क्रिकेट टिमका स्पिनर ललित राजवंशी घाइते भएका छन्।
बायाँ हाते स्पिनर राजवंशी बुधबार अभ्यासका क्रममा टीयू क्रिकेट मैदानमा घाइते भएका हुन्। उनलको राइट क्लाभिकल (ब्यूटिबोन) फ्राक्चर भएको छ।
ललितको बिहीबार (आज) बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिंदैछ। अब यसै चोटका कारण ललितले अर्को सातादेखी चीनमा हुने १९ औं एसियाली खेलकुद गुमाउने भएका छन्।
एसियाली खेलकुदको समूह चरणमा नेपालले मंगोलिया र माल्दिभ्ससँग खेल्दैछ भने यसपछि समूह चरणमा टेस्ट टिमसँग भेट हुनेछ।
असोज ४, २०८० बिहीबार १३:०२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।