कँही नभएको जात्रा मण्डनदेउपुर नगरपालिकामा, आज ‘थकाइ’ बिदा

कँही नभएको जात्रा मण्डनदेउपुर नगरपालिकामा, आज ‘थकाइ’ बिदा

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। 

९औं संविधान दिवसको अवसरमा हिजो वुधबार नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्दा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै नगरपालिका मातहतका कार्यलयहरुमा थकाइ बिदा दिएको हो।

‘तीन दिनदेखि अहोरात्र खटिएका कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थाहरुलाई बिदा गरिएको छ’, नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

नगरपालिकाले दिएको थकाई बिदाबारे सामाजिक सञ्चालमा भने चर्को अलोचना भइरहेको छ। 

संविधान दिवसको अवसर पारेर मण्डनदेउपुर नगरपालिकाले सेवा प्रवाह गर्दै आएको पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको छ।

कार्यालय व्यवस्थापनका क्रममा कर्मचारीहरु लगातार तीन दिन देखि खटिएका थिए।

असोज ४, २०८० बिहीबार ११:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।