नेपालले गर्‍यो राष्ट्रसंघको बीबीएनजे सम्झौतामा हस्ताक्षर

नेपालले गर्‍यो राष्ट्रसंघको बीबीएनजे सम्झौतामा हस्ताक्षर

काठमाडौं : नेपालले बायो डाइभर्सिटी बिओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरे।

विशेषगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछ। सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसंघले जनाएको छ।

यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्ममा हस्ताक्षर गर्ने समय सीमा दिइएको छ। नेपालले उक्त सम्झौता हस्ताक्षर सुरुवात गर्ने दिनमा नै हस्ताक्षर गरेको हो।   

असोज ४, २०८० बिहीबार ०८:५३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।