न्युयोर्कमा प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेटघाट

न्युयोर्कमा प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेटघाट

काठमाडौं : संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपालको नेतृत्व गर्दै न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्रसंघको मुख्यालयमा बुधबार भेटघाट भएको छ।

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ।

दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल लगायत सहभागी थिए।

प्रधानमन्त्री दाहालले राष्ट्रसंघको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन्।

असोज ४, २०८० बिहीबार ०८:००:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।