एलजीले १८ वर्ष अगाडि खोलेको शोरुम अपग्रेड गर्‍यो, सामान साट्ने र मर्मतको समेत सुविधा

एलजीले १८ वर्ष अगाडि खोलेको शोरुम अपग्रेड गर्‍यो, सामान साट्ने र मर्मतको समेत सुविधा

काठमाडौँ : चौधरी ग्रुपअन्तर्गत एलजीले आफ्नो पहिलो शोरुम अपग्रेड गरेर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौँको मीनभवनमा रहेको शोरुम १८ वर्षपछि अपग्रेड गरेको हो।

शो रुमलाई आधुनिक डिजाइनसहित अपग्रेड गरिएको हो।  शोरुममा एलजीका घरायसी विद्युतीय सामग्री एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, डिसवासर, एयर कन्डिस्नर, भ्याकुम क्लिनर लगायत सामान रहेका छन्।

कम्पनीले शोरुम पुन शुभारम्भ गरिएको अवसरमा विशेष छुट लगायत अफर ल्याएको कम्पनीले जानकारी दिएको छ। ग्राहकले विद्युतीय सामग्री साट्न र मर्मत सेवा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

असोज ३, २०८० बुधबार २२:२९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।