अभिनय यात्रा सुस्त भएपछि घरजम गर्दै अभिनेता पहारी, प्रेमिकासँग गरे इन्गेजमेन्ट
काठमाडौँ : अभिनय यात्रा नजमेपछि अभिनेता गौरव पहारीले घरजम गर्ने भएका छन्। उनले प्रेमीका श्रेणीखतिवडासँग विवाह गर्न लागेका हुन्। उनले बुधवार प्रेमीका खतिवडासँग होटेल र्डिसनमा इन्गेजमेन्ट गरे।
उनीहरूको विवाह माघमा हुने बताइएको छ। पहारीकी हुनेवाला श्रीमती फिटनेस पेसामा आबद्ध छिन्।
‘होस्टेल’ फिल्मबाट फिल्मी यात्रा सुरु गरेका उनको अभिनयको यात्रा त्यति सफल हुन सकेन। उनको ‘नम्बरी सुन' र 'दुई कदम’ फिल्म प्रदर्शनको पर्खाइमा छ।
उनी विचमा ब्यवसायमा समेत लागेका थिए। तर सफल हुन सकेनन्। बरु उनले अभिनय गरेको म्युजिक भिडियो' सुन साइली' चर्चित भएको थियो।
असोज ३, २०८० बुधबार २१:५७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।