एकदिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिए सिराज, यस्तो छ नेपाली खेलाडीहरुको नँया वरीयता

एकदिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिए सिराज, यस्तो छ नेपाली खेलाडीहरुको नँया वरीयता

काठमाडौं : एसिया कप क्रिकेटको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर मोहम्मद सिराज आईसीसीको एकदिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन्।

एकदिवसीय बलिङको वरीयतामा सिराजले ८ स्थान सुधार गरेका हुन्। सिराजले एसिया कपमा १० विकेट लिएका थिए। 

सिराज अस्ट्रेलियाका जोश हेजलवुडलाई पछि पार्दै पहिलो नम्बरमा पुगेका हुन्। हेजलवुड दोस्रो नम्बरमा छन्। तेस्रो नम्बरमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट छन्।

यस्तै एकदिवसीय ब्याटिङ वरीयताको पहिलो नम्बरमा बाबर आजम छन्। ब्याटिङको वरीयतामा दोस्रो नम्बरमा भारतका शुभमन गिल र तेस्रो नम्बरमा दक्षिण अफ्रिकाका रसी भान डेर डुसेन छन्।

एकदिवसीय बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने यथावत् स्थानमा रहँदा दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी १/१ स्थान तल झरेका छन्। नयाँ वरीयताअनुसार दीपेन्द्र ६८, करण ८७, सोमपाल ९३ र ललित ९७ औँ स्थानमा छन्।

यस्तै ब्याटिङतर्फ आसिफ शेख, रोहित पौडेल र कुशल भुर्तेल यथावत् स्थानमा छन्। आसिफ ७७, रोहित ८४ र कुशल ९९ औँ स्थानमा छन्।

असोज ३, २०८० बुधबार १७:४२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।