आन्दोलित शिक्षकका माग सम्बोधन गरिनुपर्छ : महामन्त्री शर्मा

आन्दोलित शिक्षकका माग सम्बोधन गरिनुपर्छ : महामन्त्री शर्मा
फाईल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलित शिक्षकले अघि सारेका न्यायोचित मागहरु सम्बोधन हुनुपर्ने बताएका छन्।

ट्विट गर्दै उनले संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गराउन सरकार र शिक्षक नेतृत्वलाई अपिल गरे।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू बुधबारदेखि विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्।

सरकारले संघीय संसदमा गर्दा गरेको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाको विरोधमा शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। संघीय शिक्षा ऐनमार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ,’ उनले लेखे।

शिक्षकहरूको आवाज सुन्न शर्माले सरकारलाई आग्रह पनि गरेका छन्।

असोज ३, २०८० बुधबार १५:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।