यस्तै हो भने कुरा गर्दिन भन्दै देउवा निवासबाट निस्किए शेखर

यस्तै हो भने कुरा गर्दिन भन्दै देउवा निवासबाट निस्किए शेखर

काठमाडौँ : पार्टी सभापति शेरबहादुर देउवा भेट्न गएका नेपाली काँग्रेस इतर समूहका नेता शेखर कोइराला छलफल नगरी पार्टीमा एकलौटी निर्णय नगर्ने हो भने अब कुरा नगर्ने भन्दै बाहिरिए।

मङ्गलवार आफ्नो समूहका नेताहरूसँग छलफल गरेका कोइराला बुधवार बिहान देउवालाई भेट्न धुम्बाराही पुगेका थिए। उपसभापति धनराज गुरुङ र सह–महामन्त्री जीवन परियारलाई लिएर उनी सभापति देउवासँग छलफल गर्न गएका थिए।

पार्टीका भातृ संस्थाको नियुक्ति, प्रदेश सरकारमा प्रतिनिधि चयन लगायतका निर्णयमा छलफल नगरी एकलौटी निर्णय गरेको शेखरको आरोप थियो।

कोशीमा सरकार निर्माणको बेलामा नेतृत्वले गरेको गलत निर्णयका कारण पार्टीकै साख गिरेको भन्दै कोइरालाले यसरी नै एकलौटी रूपमा निर्णय गर्ने हो भने अब छलफल हुन नसक्ने र आफू अलग रूपमा अगाडि बढ्न बताएको छलफलमा सहभागीस्रोतले उकेरालाई जानकारी दियो।

प्रतिउत्तरमा देउवाले आफू सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको जवाफ दिएका थिए।

असोज ३, २०८० बुधबार १३:४९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।