पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न सभापति देउवालाई कोइरालाको चेतावनी

पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न सभापति देउवालाई कोइरालाको चेतावनी
फाईल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी सञ्चालन कार्यशैलीप्रति असन्तुष्टि राखेका छन्। 

बुधबार बिहानै देउवा निवास धुम्बाराही पुगेर नेता कोइरालाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न सभापति देउवालाई चेतावी दिएका हुन्।

मंगलबार आफू पक्षका केन्द्रीय सदस्यहरूसँग छलफलको म्यान्डेट अनुसार कोइरालाले आज विहान देउवासँग कुरा गर्न उपसभापति धनराज गुरूङ र सह–महामन्त्री जीवन परियारलाई लिएर धुम्बाराही पुगेका थिए। 

कोइरालाले सभापति देउवासँग पार्टी एकलौटी रूपमा सञ्चालन हुने गरेको र विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेकोमा ध्यानाकर्षण गराएको बताइएको छ। 

‘यसरी नै चल्ने हो भने आजबाट म तपाईंसँग कुरा गर्दिनँ। जे गर्नुहुन्छ, गर्नुहोस्। म आफ्नो ढंगबाट अघि बढ्छु,’ कोइरालालाई उदृत गर्दै एक नेताले भने। 

सभापति देउवाले सबैलाई समेटेर पार्टी अगाडी  बढाउँन आफू तयार रहेको बताएका थिए। 

असोज ३, २०८० बुधबार १३:४७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।