आइफोनले आफ्नो अलग्गै चार्जर हटाउँदै स्वीकार गर्यो सि-टाइप पोर्ट, अब अन्य मोबाइलको चार्जरले पनि काम गर्ने
एजेन्सी : एप्पलका फोनहरूमा अन्य फोनभन्दा अलग लाइटनिगं चार्जिङ पोर्ट हुने गरेको थियो। सिरिज १५ मा पुग्दा अब एप्पलले पनि सिटाइप चार्जिङ पोर्ट स्वीकार गरेको छ।
उसले सिरिज १५ सार्वजनिक गर्दै अब एप्पलमा पनि सबैले स्वीकार गरेको युएबी-सि केवलको प्रयोग गरिने बताएको हो। कम्पनीले एप्पलको ल्यापटप, ट्याव लगायतमा पहिला नै सिटाइपको चार्जिङ पोर्ट रहेको र अब त्यसले मोवाइलमा पनि काम गर्ने बताएको छ।
यसभन्दा अगाडि युरोपियन युनियनले उपभोक्तालाई सहज बनाउन आफ्नो अलग चार्जिङ पोर्टको सट्टा अन्य मोबाइल प्रयोगकर्ताले प्रयोग गर्ने सिटाइप पोर्ट प्रयोग गर्न सुझाव दिएको थियो।
यसले उपभोक्ताको पैसाको बचतसँगै प्रविधिसम्बन्धी फोहोर समेत कम हुने बताएको थियो। एप्पलले प्रविधिले निम्त्याउने ई वेस्ट कम गर्न स्मार्ट वाचको उत्पादनमा कार्बन न्युट्रल भएको बताएको थियो। उसले अब उत्पादन हुने नयाँ उत्पादनमा ब्याट्रीसहित रिसाइकल गरिएका सामाग्रीहरूको अधिक प्रयोग गर्ने बताएको थियो।
एप्पलका प्रमुख टिम कुकले एप्पलको सिरिज १५ कम्पनीले अहिलेसम्म बनाएको मोबाइलमा सबैभन्दा बलियो र सबैभन्दा उत्कृष्ट उत्पादन भएको दाबी गरेका थिए।
भारतमा यो सिरिजको मुख्य एक लाख हाराहारी छ। नेपालमा आइपुग्दा दुई लाख हाराहारी हुनसक्छ।
असोज ३, २०८० बुधबार १३:०५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।