चार किलो चाँदीसहित बाराबाट एक जना पक्राउ

चार किलो चाँदीसहित बाराबाट एक जना पक्राउ

काठमाडौं : चार किलो चाँदीका गरगहनासहित प्रहरीले बाराबाट एक जनालाई पक्राउ गरेको छ। 

वीरगन्जबाट कलैयातर्फ लुकाई छिपाई मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा उक्त गरगहनासहित वीरगन्ज महानगरपालिका–३ का राजेश साह सोनार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

सुराँकीका आधारमा गएराति गण्डक चोकमा चेकजाँच गर्ने क्रममा ना १६ प ४०१६ नम्बरको मोटरसाइकलमा चाँदीका गरगहनासहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दुधिराम न्यौपानेले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असोज ३, २०८० बुधबार १२:५४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।