काठमाडौंको मुलपानीबाट ६ वर्षीय बालक बेपत्ता

काठमाडौंको मुलपानीबाट ६ वर्षीय बालक बेपत्ता

काठमाडौं : काठमाडौंको मुलपानीबाट ६ वर्षीय बालक बेपक्त भएका छन्।  कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मुलपानी प्लानिङबाट ६ वर्षीय मनिम लामा बेपक्ता भएको प्रहरीले जनाएको छ। 

असोज १ गतेबाट मनिम सम्पर्कविहीन भएपछि उनका बुवा सन्दीप लामाले खोजी गरिदिनका लागी प्रहरीमा निवेदन दिएका छन्। 

प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले बालकको खोजी भइरहेको बताए।

प्रहरीमा निवेदन आएपछि खोजीकार्य तिव्र पारेको बताउँदै उनले भने, ‘परिवारसँग समन्वय गरेर खोजी कार्य भइरहेको छ।’

असोज ३, २०८० बुधबार १२:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।