टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटोफिचर)

टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटोफिचर)

काठमाडौं : सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरि नवौं संविधान दिवस मनाएको छ। 

भव्य समारोहकाबीच सम्पन्न कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। 

त्यस्तै कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलगायतको सहभागिता रहेको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएकाले उपस्थित भएका थिएनन्।  

समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाएको थियो।

फोटो फिचर :

असोज ३, २०८० बुधबार ११:२८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।