वीपी साहित्य महोत्सव : स्थगित कार्यक्रम आज हुँदै

वीपी साहित्य महोत्सव : स्थगित कार्यक्रम आज हुँदै

काठमाडौं : नेपाली कांग्रेसले आयोजना गरेको‘ बीपी साहित्य महोत्सव(२०८०’ को बाँकी कार्यक्रम आज हुँदैछ। 

बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले २४ भदौदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरेको थियो ।

संविधानसभा अध्यक्ष एवम् एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि २६ भदौको कार्यक्रम नेपाली कांग्रेसले स्थगित गरेको थियो। सोही स्थगित कार्यक्रम आज गर्न लागिएको हो।

आजको कार्यक्रम बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।  वुधवार ‘वीपीको समाजवादी परिकल्पनामा शिक्षा’ शीर्षकमा शिक्षाविद केदारभक्त माथेमाको ‘की नोट स्पीच’ दिनेछन्।

यसैगरी ‘समावेशिता, सामाजिक रुपान्तरण र बिपी’ शीर्षकको छलफल कार्यक्रममा चित्र लेखा यादव, आहुति, मोहना अन्सारी सहभागी हुनेछन्। यसको सहजकर्ता हरि बहादुर थापाले गर्नेछन्।

‘बिपीका आख्यानमा नारी’ शीर्षकमा वक्ताहरु नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी, ‘परिवारले बुझेका बिपी’ शीर्षकमा डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला रहने छन्।

कार्यक्रमको समापन पनि आजै हुने बताइएको छ। 

असोज ३, २०८० बुधबार १०:४८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।