राष्ट्रिय एकतालाई कमजोर पार्ने क्रियाकलापविरुद्ध जनता सचेत हुनुपर्छ : अध्यक्ष ओली

राष्ट्रिय एकतालाई कमजोर पार्ने क्रियाकलापविरुद्ध जनता सचेत हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकारलाई स्थापीत गर्दै संविधानको सफल कार्यान्वयनमा अघि बढ्नुपर्ने बताएका छन्।  

संविधान दिवसका अवसरमा काठमाडौंको नक्सालस्थित नारायण चौरमा आयोजित एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानले प्रत्याभूत गरेका अधिकारहरूलाई कार्यान्वयन गर्दै संविधानलाई सफल बनाउनुपर्ने बताए।

उनले राष्ट्रिय एकतालाई कमजोर पार्नका लागि जुनसुकै नाममा हुने क्रियाकलापविरुद्ध नेपाली जनता सचेत हुनुपर्ने उनले बताए। 

नारायण चौरमा संविधानमा उल्लेख गोपनीयताको हक, शोषण विरुद्धको हक, शिक्षा सम्बन्धी हक, रोजगारीको हक लगायत लेखिएका बोर्डहरू राखिएका थिए। 

असोज ३, २०८० बुधबार १०:३१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।