अमेरिकी विदेशमन्त्रीले दिए संविधान दिवसको शुभकामना
न्यूयोर्क : अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले नेपालको संविधान दिवसको शुभकामना दिएका छन्।
मङ्गलबार विदेशमन्त्री व्लिङ्केनले शुभकामना दिँदै अमेरिका र नेपालका नागरिक–नागरिकबीचको सम्बन्ध महत्वपूर्ण भएको बताए।
दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको उनको भनाइ छ।
विदेशमन्त्री व्लिङ्केनले सन्देशमा भनेका छन्, ‘अमेरिकी जनताको तर्फबाट म नेपाली जनतालाई संविधान दिवसका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु। आज हामी यस्तो विशेष दिन मनाउँदैछौँ, जसले हामीहरूबीचको सम्बन्ध र प्रतिबद्धताको नवीकरणमा अतुलनीय भूमिका निर्वाह गर्दै दुई देशबीच शान्ति, सहकार्य र पारस्परिक समृद्धिको विस्तार गर्नेछ।’
‘नेपालले हासिल गरेको उपलब्धि र दुई देशबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई यो क्षणमा म स्मरण गर्न चाहन्छु। अमेरिकी सरकार र नागरिकको तर्फबाट म तपाईँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, विदेशमन्त्री व्लिङ्केनद्वारा जारी सन्देशमा उल्लेख छ।
असोज ३, २०८० बुधबार ०९:५३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।