‘नमस्ते पे’का नयाँ प्रयोगकर्ताले ५० रूपैयाँ पाउने
काठमाडौं : आउँदै गरेको चाडपर्वको अवसरमा डिजिटल वालेट ‘नमस्ते पे’ले नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ।
जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताले ५० रूपैयाँ प्राप्त गर्नेछन्। यो योजना असोज १ गतेदेखि १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
एप डाउनलोड गरी केवाईसी पूर्ण दर्ता गर्ने नयाँ प्रयोगकर्ताले तुरुन्तै आफ्नो मुख्य वालेटमा ५० रूपैयाँ पाउन सक्छन्। उक्त रकम कुनै पनि लेनदेनका लागि प्रयोग गर्न सकिन्छ।
प्रयोगकर्ताले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाईसी प्रमाणित गर्नुपर्नेछ। कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनुपर्नेछ।
असोज ३, २०८० बुधबार ०८:१०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।