बुधबार राति यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

बुधबार राति यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : बुधबार राति दुई प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको हो।

महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ। जसकारण लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

असोज ३, २०८० बुधबार ०७:५१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।