प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच भेट

प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच भेट

न्यूयोर्क : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच भेट भएको छ। 

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिनका लागि न्यूयोर्क रहेका दाहाल रविक्रमसिङ्घेबीच मंगलबार भेट भएको हो।

भेटका अवसरमा दुवैबीच नेपाल र श्रील‌ंकाबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बीचमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ।

शनिबार प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए। उनी त्यहिँबाट चीन भ्रमणमा निस्कनेछन्।

असोज ३, २०८० बुधबार ०७:२६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।