होण्डाको इलिभेट कार अब नेपालमा, कति छ बजार मूल्य ?

होण्डाको इलिभेट कार अब नेपालमा, कति छ बजार मूल्य ?

काठमाडौं : नेपालमा होण्डा कारका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डा इलिभेट कार भित्र्याएको छ।

होण्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र ७५ हजार छुटका साथै निःशुल्क सेवासहितको आकर्षक अफर घोषणा गरेको हो।

यी कारमा भित्री रुपमा खैरो र कालो रंग गरी दुई–टोनको विलासिता झल्किन्छ। भित्री भागले उत्कृष्ट सिटमा आराम प्रदान गर्ने कम्पनीले जनाएको छ। ठूलो केबिनले यात्रुका लागि पर्याप्त सुविधायुक्त बस्ने ठाँउ प्रदान गर्दछ।

एलिभेटको एक–पुस इन्जिन सुरु/स्टप कार्यक्षमता छ। यसले अल्फा–बोल्ड सिग्नेचर ग्रिल र बेस्ट–इन–क्लास २२० एमएम ग्राउन्ड क्लियरेन्स दिन्छ। जसले नेपालका भूगोलमा यी कार उपायेगी मानिन्छ।

कति छ बजार मूल्य ?
१.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध होन्डा इलिभेट एसभीएमटीको मूल्य ५६ लाख ३५ हजार रूपैयाँबाट सुरु हुन्छ। यसको इलिभेट भीएमटीको मूल्य ६० लाख ३५ हजार रूपैयाँ पर्छ।

यस्तै इलिभेट भीएक्सएमटीको सुरुवाती मूल्य ६६ लाख ९५ हजार रूपैयाँ तोकिएको छ। इलिभेट एडएक्सएमटीको सुरुवाती मूल्य ७३ लाख ४४ हजार रूपैयाँ छ। इलिभेट भीसीभीटीको सुरुवाती मूल्य ६५ लाख ७० हजार रूपैयाँ छ।

इलिभेट भीएक्ससीभीटीको सुरुवाती मूल्य ७१ लाख ९५ हजार रूपैयाँ तोकिएको छ भने इलिभेट एडएक्ससीभीटीको सुरुवाती मूल्य ७८ लाख ७० हजार रूपैयाँ तोकिएको छ। इलिभेट जेडएक्ससीभीटी (डीटी) को सुरुवाती मूल्य भने ७९ लाख ४४ हजार रूपैयाँ तोकिएको छ।

असोज २, २०८० मंगलबार १९:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।