१९औँ एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित
काठमाडौं : १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ।
चीनको हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो।
पहिलो सेटमा नेपाल २५–२० ले विजयी भए पनि त्यसपछि लगातार ३ सेटमा पराजित भयो। दोस्रो सेटमा नेपाल २५–२०, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–१५ ले पराजित भयो।
नेपालले अर्काे खेलमा पर्सि बुधवार इरानसँग खेल्नेछ। यो खेल हारेमा नेपाल समूह चरणबाट बाहिरिनेछ।
एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर २३ तारिखमा हुने भए पनि भलिबल, फुटबल र क्रिकेटका खेल मंगलबारदेखि नै शुरु भएका छन्।
यस पटकको प्रतियोगितामा नेपालबाट २९ खेलका लागि दुई सय ५३ जना खेलाडी सहभागी भएका छन्।
असोज २, २०८० मंगलबार १७:०२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।