डाउन भएको अध्यागमनको सर्भर तीन घण्टापछि सुचारु
काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको आन्तरिक सर्भर साढे ३ घण्टापछि सुचारु भएको छ।
मंगलबार बिहान १० बजेदेखि डाउन भएको सर्भर साढे १ बजेदेखि सञ्चालनमा आएको विभागका सूचना अधिकारी खेमराज भुसालले बताए।
सर्भर डाउन भएपछि यात्रुहरुलाई म्यानुअल प्रणालीबाट सेवा प्रवाह गरिएको थियो। सर्भर डाउनका कारण विमानका यात्रुहरुलाई केही समय लाइन लाग्नु परेको विभागले जनाएको छ।
‘हाम्रो मात्र होइन गर्भमेन्ट इन्ट्रिगेटेड डाटा सेन्टर मा नै समस्या आएको हो। यसले गर्दा हामीले यात्रुको विवरण चेकजाँच गर्न पाएनौँ। म्यानुअल रूपमा भए पनि सञ्चालन गरेका थियौँ,’सूचना अधिकारी खिमराज भुसालले भने।
बेलाबेलामा अध्यागमनको सर्भरमा समस्या आउने गरेको उनको भनाइ छ ।
असोज २, २०८० मंगलबार १४:५३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।