मदिरा सेवन गरेका छोराले रिसको झोकमा चिर्पट प्रहार गर्दा बाबुको मृत्यु

मदिरा सेवन गरेका छोराले रिसको झोकमा चिर्पट प्रहार गर्दा बाबुको मृत्यु

कपिलवस्तु : कपिलवस्तुमा छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ। 

जिल्लाको बाणगंगा नगरपालिका ८ पुलचोकमा मादक पदार्थ सेवन गरेका छोराले रिसको झोकमा बुबालाई चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ। 

२५ वर्षीय छोरा भुवन दर्जीले चिर्पट प्रहार गर्दा ६२ वर्षीय बुवा बलबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको हो। 

चिर्पट दाउराले हानेपछि गम्भिर घाईते भएका बुबा बलबहादुरलाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

भुवनलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

असोज २, २०८० मंगलबार १२:५०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।