सरकारी सर्भर डाउन हुँदा त्रिभुवन विमानस्थलको अध्यागमन प्रभावित

सरकारी सर्भर डाउन हुँदा त्रिभुवन विमानस्थलको अध्यागमन प्रभावित

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या आएको छ। मंगलबार बिहानदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू समस्यामा परेका छन्। 

विभागका अनुसार सर्भर डाउन हुँदा  यात्रु चेक जाँचपास बिहान करिब दुई घण्टा प्रभावित प्रभावित बनेको थियो। 

यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको छ। तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागले जनाएको छ। 

‘हाम्रो मात्र होइन गर्भमेन्ट इन्ट्रिगेटेड डाटा सेन्टर मा नै समस्या आएको हो। यसले गर्दा हामीले यात्रुको विवरण चेकजाँच गर्न पाएनौँ। तर, अहिले त्यसलाई पछि इन्ट्री गर्ने गरी म्यानुअल रूपमा भए पनि सञ्चालन गरेका छौँ,’ विभागका सूचना अधिकारी खिमराज भुसालले भने। 

असोज २, २०८० मंगलबार ११:४६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।