राष्ट्रसंघ मातहतका नेपाली सुरक्षाकर्मीहरूको सुरक्षाका लागि परराष्ट्रमन्त्री साउदको छलफल

राष्ट्रसंघ मातहतका नेपाली सुरक्षाकर्मीहरूको सुरक्षाका लागि परराष्ट्रमन्त्री साउदको छलफल

काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच  भेटघाट भएको छ। 

सोमबार सम्पन्न सो भेटका अवसरमा शान्ति स्थापनाका लागि राष्ट्रसंघ मातहत रहेर सेवा गर्ने नेपाली सुरक्षाकर्मीहरूको तालिम, सुरक्षा लगायतका विषयमा छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ।

यसैगरी सोमबार परराष्ट्रमन्त्री साउदले फिनल्याण्डका वैदेशिक, व्यापार तथा विकास मन्त्री भिल्ले ताभियोसँग भेट गरेका थिए। उक्त भेटघाटमा पारस्परिक चासो, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो।

असोज २, २०८० मंगलबार ११:४०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।