रक्सीले मातेका मजदुरहरुबीच ग्याङ फाइट, एक जनाको मृत्यु

रक्सीले मातेका मजदुरहरुबीच ग्याङ फाइट, एक जनाको मृत्यु

काठमाडौं : रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच ग्याङ फाइट हुँदा एकजनाको मृत्यु भएकोृ छ। तीन जना घाइते भएका छन्।

विभिन्न जिल्लाबाट कामकमो शिलशिलामा रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा नगरपालिका–९ केउलानीमा ग्याङ फाइट भएको प्रहरीलाई उदृत गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख  रामकृष्ण खाँणले जानकारी दिए।

उनका अनुसार एउटा होटलमा बसेर जाँड रक्सी खाइरहेका उनीहरुबीच विवाद भएको थियो।

विवादका क्रममा एक जनाले चक्कु प्रहार गर्दा हेटौँडा घर भइ रूपन्देहीको मङ्गलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको ज्यान गएको हो। 

घाइते तीन जनाको उपचार भइरहेको छ भने चक्कु हान्ने व्यक्तिसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

असोज २, २०८० मंगलबार ११:२४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।