दरबारमार्गको केएफसी स्टोर पुन सञ्चालनमा, डबल डाउन बर्गर सुरु

दरबारमार्गको केएफसी स्टोर पुन सञ्चालनमा, डबल डाउन बर्गर सुरु

काठमाडौँ : केएफसी नेपालले दरबारमार्गको पहिलो स्टोर पुन सञ्चालनमा ल्याएको छ। सन् २००९ मा केएफसी नेपालमा प्रवेश गर्दा दरबारमार्गमा पहिलो स्टोर खोलेको थियो। कम्पनीले सो स्टोरको पुन सञ्चालनमा ल्याएको हो।

दरबारमार्गको स्टोर पुन सञ्चालनमा ल्याएसँगै कम्पनीले डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपालभरको स्टोरहरूमा उपलब्ध गराउन सुरु गर्ने जानकारी दियो। यसको मूल्य ५ सय २९ रुपैयाँ रहेको छ।

केएफसी दरबारमार्गको पुनः उद्घाटन ग्राहकहरूलाई उनीहरूको मन पर्ने केएफसी परिकारको आनन्द लिनसक्ने आरामदायक र आमन्त्रित वातावरण प्रदान गर्ने आफ्नो निरन्तरको प्रयासमा एक महत्त्वपूर्ण कदम भएको केएफसी नेपालले उल्लेख गरेको छ।

असोज १, २०८० सोमबार २२:०५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।