अब पुलिस रिपोर्टमा अभियोग वा कसुर उल्लेख नहुने
काठमाडौं : गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’राजपत्रमा प्रकाशित भएको छ।
जारी निर्देशिकाअनुसार अब चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन।
साथै अनलाइन आवेदन दिएको पाँच कार्य दिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ।
कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिईने निर्देशिकामा उल्लेख छ।
यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो।
असोज १, २०८० सोमबार २०:५०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।