पृथ्वी राजमार्गमा असोज ४ गतेदेखि चार घण्टा सवारी आवागमन नहुने

पृथ्वी राजमार्गमा असोज ४ गतेदेखि चार घण्टा सवारी आवागमन नहुने

काठमाडौं : पृथ्वी राजमार्गमा दैनिक चार घण्टा सवारी आवागमन नहुने भएको छ।

जिल्ला प्रशासन कार्यालय, धादिङले एक सूचना निकालेर असोज ४ गतेदेखि २० गतेसमम राति ११ बजेदेखि बिहान ३ बजेसम्म चार घण्टा सवारी आवागमन नहुने जनाएको हो।

सहायका प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जारी गरेको सूचनामा राजमार्ग अन्तर्गत नौविसे–मलेखु सडक खण्डको विस्तार तथा सहजीकरण गर्नका लागि सवारी अवागमन रोकिएको जनाइएको छ।

सडक चौडा गर्नका लागि आवागमन बन्द गरिए पनि एम्बुलेन्स र सुरक्षा निकायका सवारीलाई भने जान दिइने सूचनामा उल्लेख छ।

काठमाडौंबाट जाने सवारीलाई थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा  र मुग्लिनबाट काठमाडौं आउने सवारीलाई गजुरी गाउँपालिका–५ घाटवेशीमा रोकिने छ।

असोज १, २०८० सोमबार १८:४४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।