‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान

‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान

काठमाडौं : सुजल फूड्सले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको छ।

‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको बिज्ञापन अभियानलाई आकर्षक ढंगले देशभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। 

बिज्ञापन अभियान मार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई ‘वन्ली चोकोफन’ को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ। 

बिगत चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दै आएको सुजल फूड्सले चोकोफनलाई लोकप्रिय उत्पादको सूचीमा राखेको छ। 

अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा चोकोफनको उत्पादन गरिन्छ।  

यस बिज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरुको जीवनमा चोकोफन अभिन्न अंगक रुपमा स्थापित हुने कम्पनीको भनाइ छ।  

असोज १, २०८० सोमबार १७:३८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।