‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्न, ‘क्याम्चर द फ्ल्याग’को शीर्ष पाँचमा सफ्टवेरिका

‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्न, ‘क्याम्चर द फ्ल्याग’को शीर्ष पाँचमा सफ्टवेरिका

काठमाडौं : ह्याकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्न भएको छ। 

साइबर सुरक्षा फर्म थ्रेटनिक्सले गत भदौ २५ देखि २७ गतेसम्म उक्त कार्यक्रम आयोजना गरेको थियो। 

काठमाडौंको होटेल याक एन्ड यतिमा भएको तीन दिने कार्यक्रममा ह्याकरको वर्कशप, सम्मेलन तथा विभिन्न कार्यक्रमहरू भएका थिए। जसमध्ये ‘क्याम्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिता पनि एक हो।

उक्त प्रतियोगितामा विभिन्न कलेज तथा आईटी कम्पनीहरूलाई प्रतिनिधित्व गर्दै कुल ३८ समूहको सहभागी रहेको थियो। 

जसमध्ये उत्कृष्ट पाँच समूह (पहिलोदेखि पाँचौं)मा सफ्टवेरिका कलेजको विद्यार्थीहरू पर्न सफल भए। 

प्रथम हुने समूहले १० हजार रुपैयाँ नगद पुरस्कार एक हजार छ सय डलर (करिब २ लाख १४ हजार रुपैयाँ) बराबरको ओएससीपी प्रमाणपत्र (पीईएन २०० कोर्ष, ल्याबमा ९० दिनको पहुँच र परीक्षा) प्राप्त गर्न सफल भए।

दोस्रो हुने समूहले साढे सात हजार रुपैयाँ नगद सहित २ सय ३ डलर (करिब २७ हजार) बराबरको प्रतिष्ठित ह्याक दी बक्स (एचटीबी) को एक वर्षसम्म भीआईपी पहुँच र छ महिनाका लागि १ सय ६८ डलर (करिब २२ हजार रुपैयाँ) बराबरको दुई ओटा भीआईपी सब्सक्रिप्सन हात पारे। 

उसैगरी तेस्रो हुने समूहले पाँच हजार नगद पाए। साथै ह्याक दी बक्सको एक वर्षसम्म भीआईपी पहुँच र छ महिनाका लागि ८४ डलर (करिब ११ हजार रुपैयाँ) बराबरको एउटा भीआईपी सब्सक्रिप्सन पाए।

वार्षिकरूपमा आयोजना हुने यो कार्यक्रम साइबर सुरक्षा र ह्याकिङमा रुचि राख्नेहरूको रुचिको केन्द्र बनेको छ। 

निकै विविधता बोकेको यस कार्यक्रमले विभिन्न क्षेत्रकालाई समेत आकर्षित गर्ने गर्छ। यसले गर्दा विश्वचर्चित ’ब्ल्याकह्याट’, ‘डेफ कन’ जस्ता साइबर सुरक्षा कार्यक्रमहरू जस्तै थ्रेटकनले पनि आफ्नो पहिचान जारी राखेको छ। जुन यो पटकको पाँचौं संस्करणमा पनि जारी भयो।

नेपालमा साइबर सुरक्षासम्बन्धी यस्ता प्रतियोगिताहरू आयोजना गर्नाले युवाहरूलाई यस क्षेत्रमा आउन र विशेषज्ञता हासिल गर्न सहयोग पुग्छ। 

यस्ता कार्यक्रमहरूले उनीहरूलाई समस्या समाधान गर्ने सीप सिकाउने, साइबर सुरक्षासम्बन्धी बुझाइ विकास गर्ने, साइबर सुरक्षा चुनौतीहरूका लागि तयारी गराउने गर्छ। 

असोज १, २०८० सोमबार १७:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।